पूर्व मन्त्रीलाई अपहरण गरेको भन्ने उजुरी प्रहरीले दर्ता गरेन


न्युज अफ नेपाल, काठमाडौ ।

पूर्व मन्त्री डा. सुरेन्द्र यादवको अपहरण गरेको भन्दै जनता समाजवादी पार्टीका नेताहरु उजुरी गर्न महानगरीय प्रहरी परिसर काठमाडौ पुगेपनि प्रहरीले उक्त उजुरी दर्ता गर्न नमानेपछि नेताहरु रित्तै फर्किएका छन ।

पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्राईको नेतृत्वमा परिसर पुगेको टोलीलाई परिसर प्रमुख एसएसपी श्याम ज्ञवालीले उक्त उजुरी दर्ता गर्न नमिल्ने बताएपछि नेताहरुको टोली दुइ घण्टा परिसरमा बसेर फर्केका थिए ।

उनीहरुले नेकपाका समासद महेश बस्नेत, किसान श्रेष्ठ र पूर्व प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले अपहरण गरेको भन्दै उजुरी दर्ता गर्न गएका थिए ।