प्रधानमन्त्रीलाई समस्या समाधान गर्न मात्र आग्रह गरेकाे गौतमकाे भनाई


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमले आफूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिन सुझाव नदिएको बताएका छन् ।

शनिबार ओलीसँगको आफ्नो भेटबारे मनमौजी टिकाटिप्पणी भएको गौतमद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ ।

‘सबभन्दा पहिले सचिवालय बैठक बोलाउन र सबै कमरेडहरूको सुझाव सम्मान गर्दै साझा प्रयत्नबाट समस्या समाधान गर्नोस् भनेर मैले प्रधानमन्त्रीलाई सुझाव दिएको गौतमले भनेका छन् । ‘उहाँले धैर्यतापूर्वक मेरो सल्लाह सुन्नुभयो, थोरै बोल्नुभयो, म बिदा भएर आएँ, भएको यत्ति हो ।’गौतमले भने ।

अध्यादेश लगायतका समस्या समाधान गर्न पार्टी र पार्टी कमिटीमा प्रत्यक्ष छलफल गर्न सुझाव दिएको गौतमले जारी गरेको विज्ञप्तीमा भनिएको छ ।

वामदेवको हस्तलिखित विज्ञप्ती जस्ताको तस्तैः