भारतमै आमाको किरिया बसेका दार्चुलाका भट्टलाई नेपाल ल्याइयो

0
Shares

न्युज अफ नोपल,काठमाडौं ।

आमा मृत्यु हुँदा पनि लकडाउनका कारण भारतकै क्वारेन्टाईनमा किरिया बस्न बाध्य दार्चुलाका वासुदेव भट्ट नेपाल आईपुगेका छन् । उनलाई प्रशासन र प्रहरीको समन्वयमा घर पठाउने तयारी भइरहेको छ । भारतीय सीमा सुरक्षा बलका अधिकारीहरुले नेपालको दत्तुमा रहेका प्रहरीलाई बुझाएर फर्केका थिए ।

आइतबार दिउँसो वासुदेवलाई बलुवाकोटबाट सीमाको झोलुङ्गे पुलबाट नेपाल भित्र्याइएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकसिंह कुँवरले जानकारी दिए । उनलाई प्रशासन र प्रहरीको समन्वयमा घर पठाउने तयारी भइरहेको छ ।

वासुदेवकी आमाको ६ दिनअघि मृत्यु भएको थियो । उनी ५ दिनदेखि बलुवाकोटमा किरिया बसेका थिए । उनी दार्चुलाको शैल्यशिखर नगरपालिका १ का बासिन्दा हुन् । उनको आज जिल्ला अस्पतालमा कोरोना संक्रमण भए नभएको र्‍यापिड टेस्ट गरिने बताईएको छ ।