लकडाउन अवधिभर मोरङमा २ हजार बढी सवारीसाधन कारबाहीमा

0
Shares

सरोज यादव , विराटनगर ।

लकडाउनको हालसम्मको अवधिमा मोरङमा पौने सातसय मानिस र २ हजार बढी सवारीसाधन कारवाहीमा परेका छन । लकडाउन उल्लंघनगर्दै अटेर गरि सडकमा निस्कने ब्यक्ती र सवारीसाधन कारवाहीमा परेका हुन । कोराना महामारीबाट जोगिन जारी गरिएको लकडाउन पालना गराउन प्रहरी प्रशासन लागि परेको छ भने सर्वसाधारणले त्यसलाई उल्लंघन गर्ने प्रबृति समेत देखिएको छ ।

लकडाउन ब्यक्ति स्वयं र समुदायकालागि भएपनि अटेर गर्ने प्रबृति देखिएको छ । अटेरगरि सडकमा निस्कने ब्यक्तीहरुका कारण जोखिम बढदै गएपछि त्यसलाई निरुत्साहितगर्न प्रहरीले कडा कदम चाल्दै आएको छ । विना कारण सडकमा निस्कने ब्यक्तीहरुलाई प्रहरीले नियन्त्रणमा लिने वा सडकमा घन्टौ उभ्याउने गरेको छ । यसैगरि अत्यावशकिय काम बिना प्रयोग गरिएका सवारीसाधनलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ ।

लकडाउन परिपालना गराउन प्रहरीले स्थानियस्तरका युवाहरुलाई समेत स्वयंसेवककोरुपमा परिचालन गरिरहेको छ । लकडाउन जारी भएको चैत ११ यता हालसम्म प्रहरीले मोरङका विभिन्न स्थानबाट ६ सय ७५ जना मानिसलाई नियन्त्रणमा लिएको छ भने २ हजार ८८ वटा सवारीसाधनलाई समेत कारवाही गरेको छ । २०७६ चैत्र १२ देखी २०७७ बैशाख ४ गतेसम्म उक्त संख्याका मानिस र सवारीसाधनलाई कारवाही गरिएको मोरङ प्रहरीले जनाएको छ ।

यसरी कारवाहीमा परेका सवारीसाधनमा सबभन्दा बढी मोटरसाईल र स्कुटीको संख्या छ । उक्त अवधिमा १ हजार ५ सय १४ वटा मोटरसाईकल र स्कुटीलाई कारवाही गरिएको छ भने साइकल ४ सय ५४,टिपर र ट्रयाक्टर ५३ तथा ४३ वटा अटो तथा टेम्पोलाई प्रहरीले कारवाही गरेको छ ।

प्रहरीले नियन्त्रणमा लिएका १ हजार ९ सय ४९ वटा सवारीसाधन छाडेको छ भने १ सय ३९ वटा सवारीसाधन अझैपनि प्रहरीकै नियन्त्रणमा छ । यसैगरि सोहि अविधिमा नियन्त्रणमा लिइएका ५ सय ८२ पूरुष र ९३ जना महिलालाई समेत छाडिसकिएको प्रहरीले जनाएको छ । जानीजानी बुझ पचाउनेहरुले लकडाउनलाई रमिताको रुपमा लिइरहेकाले उल्लंघनका घटनाहरु भइरहेको प्रदेश १ सभामा कांग्रेसका प्रमुख सचेतक केदार कार्कीको भनाई छ ।