कोरोनाको महामारीको मौकामा शक्ति दुरुपयोगको आरोप

0
Shares

लन्डन,(एजेन्सी)

युरोपको कहि नेताहरु माथि कोरोना भाइरसका कारण सिर्जना भएको जन स्वास्थ समस्यालाई आफ्ना विरोधिहरु तह लागाउने र शक्ति सुदृढ गर्ने माध्यमको रुपमा दुरुपयोग गरिरहेको आरोप लागेको छ । टर्कीमा सामाजिक संजालमा आफ्नो विचार पोस्ट गरेकै कारण सयौ व्यक्ति गिरफ्तारीमा परेपछि र रसियामा पनि कुनै पनि झुठो समाचार प्रचार प्रसार भएको खण्डमा पक्राउ गर्ने चेतावनी सरकारले दिएपछि यो आरोप लगाइन थालिएको हो ।

यसैगरी पोल्यान्ड र हँगेरीमा पनि प्रजातन्त्र खतरामा परेको महशुस जनतताले गर्न थालेका छन् । विविसिका पत्रकारहरुले कतै केरोना भाइरसलाइ शक्ति कब्जा गर्ने माध्यम त बनाइन लागेको हैन भनी शंका व्यक्त गर्न थालेका छन् ।

हँगेरीका शक्तिशाली प्रधानमन्त्री भिक्टर आर्वानको देश भित्र र बाहिर पनि कोरोना भाइरस समस्यालाइृ प्रयोग गरी मुलुकलाई एकतावद्ध गर्नु साटो झन झन शक्ति संचय गर्दै गइरहेको आरोप लागेको छ । सबैभन्दा पहिले उनको फिद्सेज सरकारले महामारीका लागि तयारी गर्ने भन्द ै११ मार्चमा संकटकाल घोषणा गरेको थियो ।

त्यसपछि यसले संसदमा आफ्नो बहुममतको फाइदा उठाँद ैअनिश्चित कालका लागि संकटकाल थपेको थियो । प्राध्यापक जोल्टान जेन्टे लगायत राजनीतिक समिक्षकहरुले संसदले सरकार माथिको आफ्नो नियन्त्रण गुमाएर आत्महत्या गरेको बताउँछन् । ओर्वानको सरकारले मध्यावधि चुनाव र जनमत संग्रह जस्ता सबै कुरा संकटकाल लागु रहुन्जेल स्थगित भएको जनाएको छ ।

टर्कीको एर्दोगान सरकारले कोरोना भाइरस समस्या समबन्धी प्रचार प्सार गरेकोमा व्यापक गिरफतारी गर्न थालेपछि डाक्टरहरु स्वयमले त्यसको विरोध गर्न थालेका छन् । महामारीकै मौका छोपेर रसियामा पनि राष्ट्रपत भ्लदिमिर पुटिनको कार्यकाललाई निरन्तरता दिन संविधान संशोधन गर्ने षडयन्त्र भइरहेको बताइएको छ ।