तेलकोटको जंगलमा महिलाको शव फेला

0
Shares

पुष्कर बुढाथोकी,भक्तपुर ।

भक्तपुरको चाँगुनारायण नगरपालिका–५ छालिङस्थित तेलकोटको जंगलमा महिलाको शव फेला परेको छ ।जंगलमा कटुसको रुखमा जुटको डोरीले घाँटीमा पासो लगाई झुण्डिएको अवस्थामा शव परेको प्रहरीले जानकारी दिएको छ ।

महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक दीपक गिरीले मृतक महिलाको पहिचान खुल्न नसकेको जानकारी दिनुभयो । करिब ३० वर्षकी महिलाको हुलियाको आधारमा पहिचानको खोजी भएको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

मृतक महिलाको शव पोष्टमार्तमका लागि भक्तपुर अस्पताल पठाएको र घटनाबारेमा अनुसन्धान अधिकृतको टोलीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।