कोरोनाले ल्यायो राम राज्य

0
Shares

नयाँदिल्ली (एजेन्सी)।

मुद्रा संकृतिमा लिप्त भइसकेको अहिलेको समाजमा पैसा भन्दा ठूलो केही छैन भन्ने स्थिति बनेको छ र यो भविष्यमा लामो समय सम्मै रहला पनि । यद्यपी कोरोना संक्रमणको विश्व महामारीले यो तथ्यलाई केही समयका लागि भएपनि चकनाचुर पारेको देखियो ।

पहिला त महामारीको भयानक चपेटामा परेको इटालीमा सडक मै करोडौं नोटका विटा बेवारिस फालिएको देखिएको थियो । महामारीको त्रासदीमा कुकुरुक्क परिसकेका इटालियाली कसैले त्यो पैसा टिप्ने रहर नगरेको समाचार बाहिर आइरह्यो । यसतै एउटा अर्को घटनामा भारतको नयाँ दिल्लीमा देख्नमा आएको छ ।
अदृष्य यो महासत्रु सामु मानवका सबै उत्कृष्त तथा शक्तिशाली संसाधनहरु सबै निरिह भएका छन् । विश्वभरीकै मानव अर्थ उपार्जनका सबै विधिलाई लत्याएर घरभित्रै लुत्रुक्क परेर बसेका छन् । कहिले सम्ममा स्वतन्त्र खुला रुपमा निस्कन पाउने हो त्यो पनि थाहा छैन । संक्रमण जोडिएको यो चाखलाग्दो घटना दिल्लीको लरेन्स रोडको हो । जहाँ घर बाहिर सडक किनारामा ५ सयका भारु खुला छरिएको अवस्थामा परेका थिए ।

तर कसैले पनि ती नोटमा हात लामो पार्ने आँट गरेन ।उक्त इलाकामा बस्नेहरुले ती नोट त देखे तर उनीहरुलाई कसैले कोरोना भाइरस फैलाउने उद्देस्यले त्यहा फ्याकेको हुन सक्छ भन्ने लाग्यो ।त्यसपछि प्रहरीलाई बोलाइए र उनीहरुले सेनिटाइज गरेपछि ती नोट खाममा हाली प्रहरी चौकीमा लगे ।

यो रहस्यमय घटनाबाट त्यतिबेला पर्दा उठ्यो जब एक महिलाले प्रहरीलाई आफुले एटीएमबाट निकालिएका ती नोटहरुलाई सेनिटाइजरले धोएर बरन्डामा सुकाउन राखेको बताइन् । सम्भवत हावाका कारण केही नोट तल सडकको किनारमा खसेको उनले बताइन् ।सडकमा छरपरस्त नोट कसैले लिएनन् । मानौं राम राज्य नै आएको जस्तो लाग्यो ( एक प्रहरी अधिकारीले बताए । राम राज्यको कल्पना गरिरहने प्रधानमन्त्री नरेन्द्र मोदीको सरकारकै पालामा कोरोनाका कारण यसको आभास भने गर्न पाएको छ ।