मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

मोडल खुस्बु ओलीलाई दुई वर्ष कैद सजाय भएको छ ।

सापटी लिएको ३६ लाख रुपैयाँ नतिरेपछि ओलीलाई जिल्ला अदालत काठमाडौंले शुक्रबार २ वर्ष कैदको फैसला सुनाएको हो । ओलीले २ वर्षअघि सप्तरीको राजविराज–८ का गोपाल कटुवालसंग जग्गा किन्न लागेको भन्दै ३६ लाख रकम समपटी लिएकी थिइन् । भनेको समयमा पैसा नदिएकी खुस्बुलाई सम्पर्क गर्न खोज्दा सम्पर्क विनि भएपछि कटुवालले अदालतमा खुस्बुविरुद्ध ठगी मुद्दा दायर गरेका थिए ।

जिल्ला अदालतका न्यायाधीश श्रीकृष्ण भट्टराईको इजलासले शुक्रबार खुस्बुलाई दुई वर्ष कैदको फैसला सुनाएको हो ।