आज विवाह बन्धनमा बाँधिदै आँचल र उदीप

0
Shares

न्युज अफ नेपाल, काठमाडौं ।

चर्चित नायिका आँचल शर्मा र प्रेमी डा.उदीप श्रेष्ठ आज विवाह बन्धनमा बाँधिदै छन् ।

चाबहिलको चुच्चेपाटीस्थित इम्पेरियल बैंक्वेटमा विवाह समारोहको आयोजना गरिएको छ । उक्त विवाह समारोहमा बेहुला र बेहुली पक्षका नजिकका आफन्तलाई मात्र आमन्त्रण गरिएको छ ।

केही समय अघि शर्मा अर्का चर्चित नायक पल शाहसँग प्रेमामा रहेकाे हल्ला चलेको थियो । तर, शर्माले शाहसँग प्रेम सम्बन्ध नभएको बताउदै आएकी थिइन् । श्रेष्ठसँगको प्रेम सम्बन्ध बाहिरिएसँगै शाहलाई धोका दिएको भन्दै केही फ्यानहरु शर्मासँग रिसाएका थिए ।

अन्त्यमा शर्मा र श्रेष्ठले आफ्नो प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न लागेका छन् ।