थाइल्याण्ड भर्सेस पोखरा

0
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

नेपाली सिनेमाकी चर्चित नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज श्रेष्ठ जोशीले यही फागुण १५ गते लठनगाँठो कस्दै छन् ।

केही वर्ष यता एक अर्काको प्रेममा डुबेको यो जोडिले विवाह हुने पक्का भएपछि विभिन्न तरिकाबाट आफ्नो खुशी व्यक्त गर्दै आएका छन् । आफ्ना नजिकका साथीहरुसँग ब्याचलर पार्टी मनाउन नायिका कार्की केही हप्ता अगाडि थाइल्याण्ड पुगेकी थिइन् ।

पाँचजना ‘लेडी ग्याङ्ग’का साथमा थाइल्याण्ड पुगेकी कार्कीले विभिन्न तस्वीरहरु सामाजीक सञ्जालमा राख्दै खुशी व्यक्त गरेकी थिइन् । उनीहको वाइल्र्ड पार्टीले निकै चर्चा पाएको थियो ।

तर, यतिबेला भने उनका प्रेमी आयुष्मानले खिचेका तस्वीरले चर्चा बटुलेको छ । पाँचजना साथीसहित ब्याचलर्स पार्टी मनाउन पोखरा पुगेका आयुष्मानले प्रियंकाको नक्कल गर्दै तस्वीर खिचाएका छन् ।

उक्त तस्वीरहरुलाई लिएर सामाजिक संजालमा भने निकै ट्रोल गरिएको छ ।