हिन्द प्रशान्तमा बजेट


वासिङटन, (एजेन्सी)।

ट्रम्प प्रशासनले आर्थिक वर्ष २०२१मा हिन्द प्रशान्त क्षेत्रका लािग १ अर्ब ४० करोड डलर प्रस्ताव गरेका छन्। ह्वाइट हाउसले यसको जानकारी दिँदै हिन्द–प्रशान्त क्षेत्रलाई चीनको नराम्रो प्रभावबाट बचाउन र त्यसको स्वतन्त्रता तय गर्न उक्त कदम उठाइएको उल्लेख गरेको छ।

अमेरिकी राष्ट्रपति ट्रम्पको फेब्रुअरी २४ मा हुने भारत भ्रमणलाई लक्षित गर्दै उक्त नीति सार्वजनिक गरेको अनुमान गरिएको छ। उक्त बजेट हिन्द प्रशान्त क्षेत्रमा लोकतान्त्रिक कार्यक्रम शुरू गर्न, सुरक्षा सहयोग बलियो पार्न, आर्थिक शासन सुधार्न र अर्थ व्यवस्थाको विकासमा मद्दत गर्न खर्च गरिने प्रस्तावमा उल्लेख गरिएको छ।