चोर बैंकर्स निलम्बित


लन्डन, (एजेन्सी)।

अन्तर्राष्ट्रिय वित्तिय संस्था सिटी बैंकले कर्मचारीको क्यान्टिनबाट स्यान्डविच चोरेको आरोपमा भारतीय मूलका एक आफ्ना वरिष्ठ कर्मचारीलाई निलम्बित गरेको छ। सानो घटनालाई लिएर यस प्रकारको कारबाही गरिएकोमा लन्डनको आर्थिक वृत्तमा चर्चाको विषय बनेको छ।

उनले कतिवटा स्यान्डविच चोरेको हो भन्ने स्पष्ट भएको छैन। ३१ वर्षीय पारस सिटी बैंकको लन्डनस्थित केनेरी ह्वार्फस्थित मुख्यालयमा कार्यरत थिए।

रिस्क म्यानेजमेन्टमा दखल भएका पारस कम्पनीमा युरोप, मध्यपूर्व र अफ्रिकाका लागि धितोपत्र व्यापार गर्ने विभागका प्रमुख थिए। उनको वार्षिक तलब १० लाख पाउन्ड थियो।