अन्टार्कटिकामा कीर्तिमान गर्मी


ब्युनस आयर्स, (एजेन्सी)।

पृथ्वीकै सबैभन्दा चिसो मानिएको अन्टार्कटिका महादेशमा गर्मी बढिरहेको संकेत प्राप्त भएको छ। हालै मात्र उक्त हिममहाद्विपको तापक्रमले नयाँ कीर्तिमान बनाएको छ।

नर्दन अन्टार्कटिकामा अहिलेसम्मकै सबैभन्दा धेरै तापक्रम १८ दशमलव ३ डिग्री सेल्सियस रिकर्ड गरिएको छ। अन्टार्कटिका विशाल हिमखण्ड र पेंगुइनका लागि चिनिन्छ।

अर्जेन्टिनाको एक अनुसन्धान शिविर एस्परेन्जाले गत बिहीबार उक्त तापक्रम रिकर्ड गरिएको हो। तर यसलाई वल्र्ड मिटरोलोजिकल अर्गनाइजेसनले प्रमाणिकरण भने गरेको छैन। यसअघि सन् २०१३ फेब्रुअरीमा त्यहाँको तापक्रम १४ दशमलव १ डिग्री सेल्सियस रिकर्ड गरेको थियो।