पर्वतारोहीको उद्धार


इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानी सेनाले आइतबार देशको उत्तरी भागमा अवस्थित हिमाल आहोरणका क्रममा फसेका दुई पर्वतारोहीको उद्धार गरेको जानकारी दिएको छ। हिमाल चढ्ने क्रममा फसेका एक अमेरिकी र अर्को फिनल्यान्ड नागरिकलाई सेनाको हेलिकप्टरले उद्धार गरिएको हो।

काराकोरम हिमशृंखलास्थित एक हिमशिखर चढ्ने क्रममा अमेरिकी नागरिक डोनाल्ड एलेन बोई र फिनिस नागरिक लोटा हेनरिकाको स्वास्थ्य खराब भएको थियो।

८ हजार मिटर उचाइको उक्त ब्राड शिखर विश्वको बाह«ौं अग्लो हिमाल हो। पाकिस्तानको उत्तरी भागमा रहेका हिमालहरू पर्वतारोहीका लागि आकर्षक मानिन्छ।