रुसी सहयोग


बेइजिङ, (एजेन्सी)।

कोरोना भाइरसको महामारीसँग संघर्षरत चीनलाई रुसले सहयोग गरेको छ। चीनको बुहानबाट फैलिएको उक्त भाइरसले महामारीको रूप लिइरहेका बेला रुसले भारी मात्रामा औषधि तथा मानवीय सहायताको सामग्री चीन ल्याइपु¥याएको चिनियाँ सरकारी समाचार निकाय सिन्ह्वाले जनाएको छ।

रुसको आपत्कालीन सहयोगसम्बन्धी मन्त्रालयले मानव प्रतिरक्षासम्बन्धी उपकरण र औषधिसहितको मानवीय सहायताका अन्य सामग्री बोकेको एक विमान आइतबार बिहान सबेरै चीनमा अवतरण गरेको हो। सो विमान रुसी राजधानी मस्कोनजिकको झुकोभ्स्की अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो।