शक्तिशाली भूकम्प


सिड्नी, (एजेन्सी)।

पपुआ न्युगिनीमा आइतबार ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको छ। यद्यपि सुनामीको कुनै चेतावनी जारी गरिएको छैन। भूकम्पले धनजन क्षतिको समाचार पनि तत्काल नआएको बताइएको छ।

अमेरिकी भूगर्भ सर्वेक्षणले स्थानीय समय साँझ ४ बजे आएको उक्त भूकम्पको केन्द्रबिन्दु पपुआ न्युगिनीको इस्ट न्यु ब्रिटेन प्रान्तको राजधानी कोकोपोबाट १ सय २२ किमी दक्षिणमा ३१ किलोमिटरको गहिराइमा रहेको जनाएको छ।

भूकम्पको केन्द्रविन्दु नजिकका स्थानहरुमा भूकम्पको ठूलो धक्का महसुस गरिएको बताइएको छ। यद्यपि ती इलाकामा अपेक्षाकृत कम आवादी रहेको जनाइएको छ।