राम मन्दिरमा पाराशरण


नयाँदिल्ली, (एजेन्सी)।

अयोध्या राम मन्दिर मस्जिद विवादमा हिन्दू पक्षका वकिल के पाराशरणलाई श्रीराम जन्मभूमि तीर्थ क्षेत्रको ट्रस्टको प्रमुखमा नियुक्त गरिएको छ।

९२ वर्षीय पाराशरणको दिल्लीको ग्रेटर कैलाश स्थित आवासलाई नै ट्रस्टको रजिस्टर्ड अफिस बनाइएको छ। पाराशरणसँग वकालतको ६० वर्षभन्दा लामो समयको अनुभव छ।

उनी दुईपटक देशका महान्यायधिवक्ता भइसके। अटलविहारी बाजपेयी सरकारमा पद्म भूषण र मनमोहन सिंह सरकारमा पद्म विभूषणबाट उनलाई सम्मानित गरिएको थियो।

राज्यसभाका पनि उनी मनोनित सदस्य रहे। अयोध्या मामिलामा सन् २०१९ अगस्ट ६ देखि अक्टोबर १६को बीचमा४० सुनवाइ भएको थियो।