शिशुमा कोरोना


बेइजिङ, (एजेन्सी)।

चीनमा कोरोना भाइरस संक्रमित एक महिलाले स्वस्थ्य रूपमा जन्माएकी शिशुमा पनि केही घण्टाभित्रै कोरोना भाइरस पोजिटिभ भेटिएको अस्पताल सूत्रले बिहीबार जनाएको छ।

जन्मिएको तीस घण्टापछि ती शिशुमा भाइरस देखिएको हो। यी बच्ची अहिलेसम्ममै चीनको सबैभन्दा कम उमेरकी भाइरस संक्रमित मानव भएकी छन्।

ती महिलालाई क्वारेनटाइन अवस्थामा राखिँदा स्वस्थ शिशु जन्मेको शुरूमा डाक्टरहरु खुसी भएका थिए। बुहान शहरको एक अस्पतालमा जन्मिएका ती शिशुको तौल ३ दशमलव २५ केजी रहेको थियो।