मिसेल ओबामालाई ग्रेमी


लस एन्जलस, (एजेन्सी)।

अमेरिकाकी पूर्वप्रथम महिला मिसेल ओबामाले आफ्नो अडियो बुक बिकमिङका लागि यस वर्षको ग्रेमी अवार्ड आफ्नो नाममा पारेकी छिन्। लस एन्जलसमा आयोजित २०२० ग्रेमी अवार्डको पूर्वसमारोहमा उनलाई उक्त पुरस्कारबाट सम्मानित गरिएको हो।

बिकमिंगमा मिसेल ओबामाले आफ्नो जीवन र प्रथम महिलाका रूपमा ह्वाइट हाउसमा बिताएका अनुभव साझा गरेकी थिइन्। यसअघि उनका पति तथा अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई यही श्रेणीमा सन् २०६ मा ड्रिम्स फ्रम माइ फादर र सन् २००८ मा द अडेसिटी अफ होपका लागि ग्रेमी प्रदान गरिएको थियो।