देउताको नागरिकता मागे


हैदरावाद, (एजेन्सी)।

भारतमा देशव्यापी नागरिकता संशोधन कानुन (सीएए) र राष्ट्रिय नागरिकता रजिस्टर (एनआरसी)लाई लिएर विरोध भइरहँदा हैदरावादकोे चिलकुर बालाजी मन्दिरका मुख्य पुजारी सीएस रंगराजनले हिन्दू देवीदेवताका लागि सरकारसँग नागरिकता दिन माग गरेको छ।

रंगराजनले सरकारसँग नागरिकता संशोधन कानुन (सीएए)को प्रावधानअनुसार तिरुमलाको वेंकटेस्वरा स्वामी, सबरीमालाको अयप्पा स्वामी र केरलाको भगवान पद्यनाभको पनि नागरिकता दिन माग गरेको छ।

सीएएमा एक नाबालिकलाई पनि नागरिकता दिने प्रावधान छ, त्यसैले सबै मन्दिरका देवतालाई पनि यस नियमअन्तर्गत नागरिकता दिन सकिने उनले बताए।