राजमार्ग मर्मत नहुँदा सास्ती

0
Shares

रसुवा, (नेस)।

नेपाल चीन बीच व्यापारिक हिसाबले दैनिक तीन देखि ५ करोड राजश्व आर्जन गर्ने अन्तराष्ट्रिय राजर्माग उचित मर्मत हुन नसक्दा सवारी—साधनले दिनानुदिन सकस भोग्दै आएका छन्।

जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टका अनुसार राम्चे को स्याउबारी देखि स्याफ्रुबेशी सम्मको सडक जीर्ण हुदै गएको भएपनि मर्मत नहुदा यात्रुहरूले समेत सास्ती पाएका छन।

राजर्माग सुधारको क्रममा हिँउद भरि आलटाल गर्ने र वर्खा लागेपछि आकस्मिक बजेटले रातारात काम अगाडि बढाउने प्रचलनले गर्दा सबारी साधन दुर्घटना समेत बढेको छ।