ट्रम्प मार्नेलाई पुरस्कार


दुबई, (एजेन्सी)।

इरानका एक विधायकले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने कुनै पनि व्यक्तिलाई ३० लाख डलर पुरस्कार दिने घोषणा गरेका छन्।

यदि इरानसँग परमाणु हतियार हुने हो भने खतरा रोक्न सक्ने २ सय ९० सिटको संसद्मा अहमद हाम्जेहले बताएको इस्ना समाचार एजेन्सीले जनाएको छ।

तेहरान र वासिङटनबीचको पछिल्लो गतिरोधका बीच इरानी विधायकको उक्त भनाइ बाहिर आएको हो। विश्वशक्ति राष्ट्रसँग भएको तेहरानको परमाणु सम्झौताबाट सन् २०१८ मा ट्रम्पले वासिङटनलाई बाहिर निकाल्दै इरानमाथि पुनः प्रतिबन्द लगाउन थालेपछि दुई देशबीच लगातार तनाव बढिरहेको छ।