पुल भत्कियो


जाकार्ता, (एजेन्सी)।

इन्डोनेसियाको सुमात्रा टापुमा सोमबार अचानक एउटा पुल भत्किँदा कम्तीमा पनि सात व्यक्तिको ज्यान गएको दैवीप्रकोप व्यवस्थापन निकायले जनाएको छ।

कावर शहरमा हालसालै मात्रै निर्माण सम्पन्न भएको उक्त पुलमा करिब ३० जना विद्यार्र्थीहरू पुल पार गर्न लागेको अवस्थामा सो दुर्घटना भएको थियो।

अविरल भीषण वर्षाका कारण नदीमा पानीको सतह सामान्य स्तरभन्दा माथि रहेको जनाइएको छ। पुल भत्किएपछि सात जनाको पानीमा डुबेर मृत्यु भएको र तीन जना अझै हराइरहेका निकायका प्रमुख उजाङ स्याफिरीले बताएका छन्।