हिँउदे वर्षातले कृषकलाई राहत



अनिल खत्री, गुल्मी ।

दुईदिन देखि परेको हिँउदे वर्षातले कृषकलाई राहत मिलेको छ । गुल्मी लगायत छिमेकी जिल्लाहरुमा बिहिवार बिहानदेखि परेको पानीका कारण कृषहरुलाई रातह मिलेको हो । गत ३६ घण्टा देखि लगतातर परेको पानी रोकिएको छैन् ।

हिँउदको समयमा पानी नपर्दा कृषकहरुलाई समस्या पर्ने गरेको थियो । तर यो वर्ष भने पुस महिना र माघको सुरुवाती दिनमै पानी पर्दा हिँउदे वाली समेत हुनेभएपछि कृषकहरु हर्षित छन् ।

पानी परेसँगै कृषकहरुले लगाएका मौसमी तथा बेमौसी तरकारी, फलफुल अन्य वालीलाई राहत मिलेको छ । हिँउदे वर्षातले गुल्मी लगायत छिमेकी जिल्लाहरुमा चिसो पनी वढेको छ ।

चिसो वढेसँगै गुल्मीका उच्च स्थानहरु रेसुङ्गा, अर्जुन, मदाने लगायतका आदा दर्जन उच्च स्थानमा सामान्य हिँउ पर्ने सम्भावना रहेको छ । गत वर्ष माघ महिनाको अन्तिम तिर पानी पर्दा गुल्मीको रेसुङ्गामा २ पटकसम्म हिँउ परेको थियो ।

चिसोका कारण वढेसँगै बजार तथा अन्य स्थानमा चहलपहल घटेको छ । चिसोबाट जोगिन घरमै बस्नाले र अत्याबश्यक काम बाहेक अन्य बाहिर हिडडुल नर्गनाले चहलपहल घटेको हो । चिसोबाट केटाकेटी, बिरामी तथा बृद्धबृद्धाहरुलाई अलि बढिनै सताउने गर्दछ ।

वर्षात पछि बाझै रहेका खेतवारीहरु पनि पानी नपर्दा खाली रहेका थिए । पानी परेसँगै कृषकहरुले खाली रहेका खेतवारीमा तरकारी तथा अन्य वाली लगाउन राहत मिल्नेछ ।
हिँउदको समयमा पानी नपर्दा कृषकहरुले लगायको बेमौसी तथा मौसमी तरकारी,फफुल लगायतका वालीहरु पनि सुक्दै जाने गर्दर्थे । यसवर्ष वर्खाको समयमा पनि पर्याप्त मात्रामा पानी परेको थिएन् । वर्षात नहुँदा पानीका मुहानहरु समेत सुक्ने तथा घट्दै जान थालेका थिए ।

पानी नपर्दा जिल्लाका ग्रामीण भेगमा रहेका कच्ची सड्कहरुमा हिड्ने तथा सडक छेउमा रहेका घरहरुलाई धुलोले समस्या परेको थियो । पानी परेसँगै धुलो उडनबाट केहि दिन भएपनि राहत हुने स्थानियको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्