सुकानाउलाका सुन्तलाले कहिले पाउँछ बजार ?



मानबहादुर बोहरा, बझाङ

बझाङको केदारस्युँ गाउँपालिका वडा वडा नं. ८ सुकानाउलाका कृषक मानबहादुर बोहराले बारीमा बन्दा, काउली, रायो लगाएतको तरकारी फलाएका छन् । उनले टनेलभित्र लटरम्म हुने गरी गोलभेडा पनि फलाएका छन् । सुकानाउलामा तरकारीले बारी हरीयो छ । विभिन्न फलफूल, सुन्तला, मौषम्भी, कागती, अमिला, जारीम लगाएतका फलफूलको झारीले गाउँ पहेलो भएको छ ।

तर, त्यसलाई व्यवसायिक रुपमा भने लिन नसकिएको त्यहाका कृषको भनाईछ । अगुवा कृषक मानबहादुर बोहराले भने, “बन्दा, काउली, रायो, गोलभेडा फलाएको छुँ, सुन्तला पनी फलेको छ । फलेर के गर्नु ?, विक्री गर्न नजिक बजार नै छैन ।”

फलफूल राम्रो फल्ने सुकानाउलाका कृषकको भनाई छ । सीचाई लगाएतका अभावमा पनी फलफूल र तरकारी राम्रै उत्पादन भईरहेको छ । तर, त्यहाँ उत्पादन भएको फलफूल र तरकारीले बजार भने पाउँन सकेको छैन् । स्थानीय बजार झोता, पौडीबजार लगाएतका ठाउँमा पुग्न हिडेर झण्डै २ घण्टा भन्दा बढी लाग्ने गरेको छ । सुकानाउलाका कृषक मिनबहादुर बोहराले भारी बोकेरै बजार सम्म पुर्याउन नसकिने बताए ।

स्थानीय कृषक समेत रहेका कृषि प्राविधिक विकास बोहराले सुकानाउलामा फलफूल र तरकारी राम्रो उत्पादन हुने भएपनि यहाँका किसानले त्यसलाई व्यवसायिक रुपमा लिन नसकेको बताए । उनले त्यस ठाउँमा परम्परागत रुपमै खेती हुँदै आएको बताउँदै खेतीमा आधुनीकता ल्याउन आवश्यक रहेकोले स्थानीय सरकारले विषेश पहल गर्नुपर्ने बताए ।

सुकानाउला विभिन्न जातका फलफूल उत्पादनका लागि परिचित क्षेत्र पनि हो । केदारस्युँ गाउँपालिकाले त्यसलाई कृष पकेट क्षेत्र पनी घोषणा गरेको छ । उत्पादन भएको फलफूल तथा तरकारीको बजार व्यवस्थापन भने हुन सकेको छैन् । यस आसपासका गाउँलले विवाह, पुजापाट लगाएतका ठूला कार्यको लागि तरकारी र फलफूल सुकानाउलाबाटै खरिद गर्दै आएका छन् । यहाँ राम्रो फल्ने भएपनि फलफूलका बोट भने चाँडै सुक्ने समस्या रहेको स्थानीय हरीलाल बोहराको बताए ।

उनले भने, “सुन्तलाको बोट धेरै टिक्दैनन्, यहाँको माटो परीक्षण गरेमा समस्या पत्ता लाग्नेथियो कि ?” केदारस्युँ गाउँपालिकमा कार्यरत्त कृषि प्राविधिक अनिता बमले त्यहाँको माटोलाई परीक्षण गरेर मात्रै समस्या पत्ता लगाउन सकिने भन्दै आफूनै त्यहाँ पुगेर तत्काल माटो परीक्षण गर्ने बताइन् । गाउँपालिकाका उपाध्यक्ष निशा धामीले सडक कटानको काम भईरहेकोले त्यस क्षेत्रका बासिन्दाले चाँडै भारी बोक्नुपर्ने दिनको अन्त्य हुने बताइन् ।

प्रतिक्रिया दिनुहोस्