सशस्त्र प्रहरी बलका महानिरीक्षक खनाल नगद पुरस्कारसहित सम्मानित

2.26k
Shares

न्युज अफ नेपाल, काठमाडौँ ।

आर्थिक बर्ष २०७४/७५ को बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको छ । ८६.९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको हो ।

बिहिबार गृह मन्त्रालयमा आयोजित एक समारोहबिच गृह मन्त्री राम बहादुर थापा बादलले बेरुजु फर्छ्योटमा उत्कृष्ट योगदान पुर्याएकोमा उच्च प्रसंसा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललाइ १० हजार नगदसहित सम्मन गर्नु भएको हो ।

सशस्त्र प्रहरी महानिरीक्षक खनालले आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्य गरेका कारण नै सशस्त्र प्रहरिले बेरुजु फर्छ्योटमा सर्बोत्कृष्ट हुन सफल भएको हो ।