ट्रम्पको धम्की


वासिङ्गटन, (एजेन्सी)।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इराकको राजधानी बग्दादमा रहेको आफ्नो दूतवासमाथि भएको आक्रमणका लागि बुधबार इरानलाई दोष दिँदै चेतावनीसमेत दिएका छन्।

अमेरिकी हवाई हमलाको क्रममा छापामारहरू मारिएको विरोधमा आक्रोसित प्रदर्शनकारी समूहले सो दूतावासमा अघिल्लो दिन आक्रमण गरेको थियो। ट्रम्पले ट्विट गर्दै भौतिक वा मानवीय क्षतिका लागि इरानले ठूलो मूल्य चुकाउनुपर्ने धम्की दिएका हुन्।

तर यसको प्रत्युत्तरमा इरानका सर्वोचच नेता अयातोल्लाह खामेनीले अमेरिकाले केही पनि गर्न नसक्ने प्रतिक्रिया व्यक्त गरेका छन्।