आतिसबाजी नगर्न आग्रह



सिड्नी, (एजेन्सी)।

अस्टे«लियामा नयाँ वर्षको उपलक्ष्यमा हुने आतिसबाजीमाथि रोक लगाउन नागरिकले गरेको आग्रहलाई त्यहाँको सरकारले अस्वीकार गरेको छ। सिड्नीमा नयाँवर्षका अवसरमा आतिसबाजीको अत्यन्त रोचक कार्यक्रम हुने गर्छ।

तर, यसपटक नागरिकले यसमा हुने लाखौं डलर आगलागी तथा सुखाबाट पीडितहरूलाई मद्दत गर्न भनेका थिए। सिड्नीको आतिसबाजीमाथि रोक लगाउन आग्रहपत्रमा २ लाख ६० हजारले हस्ताक्षर गरेका छन्।

अस्ट्रेलियाले यसमा हरेक वर्ष ४५ लाख डलर खर्च गर्छ। अस्ट्रेलियाका जंगलमा लागेको भीषण आगोले कयौंले ज्यान गुमाइसकेको छ।

प्रतिक्रिया दिनुहोस्