लाखौं बच्चालाई बोर्डिङ



बेइजिङ, (एजेन्सी)।

चीनले सिन्जियाङ प्रान्तमा लाखौं बालबालिकालाई बोर्डिङ स्कुलमा राखेको एक समाचारमा जनाइएको छ। तीमध्ये कतिपय बालबालिकाका मातापिता हिरासत केन्द्रमा रहेको बताइएको छ।

केही पश्चिमी संस्थाले दिएको प्रतिवेदनमा लाखौं उइगुर र कजाक मुस्लिमलाई हिरासत शिविरमा राखिएको उल्लेख गरेको छ। उनीहरूकै बच्चालाई बोर्डिङ स्कुलमा पठाइएको हो।

यस्ता बच्चाहरूको संख्या करिब ५ लाख छन्। मुस्लिम आवादीमा विद्यमान कट्टरता समाप्त पार्न चीनले लाखौंलाई डिटेन्सन क्याम्पमा राखेको छ। यस प्रान्तमा ८ सयभन्दा धेरै इलाकामा एक वा दुई यस्ता स्कुल खोल्ने योजना सरकारले बताएको छ।

प्रतिक्रिया दिनुहोस्