पृथ्वीवासी सबैलाई अर्बपति बनाउन पुग्ने छुद्रग्रह



लसएन्जलस, (एजेन्सी)।

खगोलशास्त्रीहरूले बृहस्पति र मंगलग्रहबीचमा रहेको चट्टानयुक्त बेल्टमा साइकी नामक एक विशाल धातुयुक्त छुद्रग्रहको अध्ययन गरिरहेका छन्। यो छुद्रग्रहमा पृथ्वीमा रहेका सबैलाई अर्बपति बनाउन पर्याप्त हुने सुन रहेको उनीहरूको ठहर छ।

साइकी, सन् १८५२ मार्च १७ मा इटालीको नेपल्सका खगोलशास्त्री एनिबेल डि गेस्परिसले पत्तालगाएका थिए। ग्रिक पौराणिक आकृतिको नाम दिइएको साइकी छुद्रग्रहको बाक्लो उपस्थिति रहेको उक्त बेल्टका दश सबैभन्दा ठूला वलयमध्यको एक हो। २ सय किलोमिटरभन्दा अधिक व्यास भएको यो छुद्रग्रहको पिण्ड बेल्टको कुल पिण्डको १ प्रतिशतभन्दा केही कम छ।

यो ग्रहको चर्चामा सबैभन्दा महत्वपूर्ण पक्ष भनेको साइकीलाई एक पुरातन ग्रहबाट बाहिरिएको आइरन कोर भएको खगोलशास्त्रीहरूले विश्वास गरेका छन्। यो एम–टाइपको सबैभन्दा विशाल छुद्रग्रह हो। यदि तपाईंलाई पृथ्वीको भित्री तरल मेटल कोरका बारेमा केही थाहा छ भने साइकीले के गर्न सक्छ भन्ने कल्पना गर्दा तपार्इं आश्चर्यचकित हुनेछैन।

किनभने खगोलविद्ले यसको घनत्वको अनुमान अन्य धातु छुद्रग्रहको अनुरूप मापन गरेका छन्।राडार तथा अन्य परिस्कृत अध्ययनले साइकीको एक सतह ९० प्रतिशत धातुले बनेको छ र यो धातु धेरैजसो फलाम र निकलका मिश्रण रहेको वैज्ञानिकहरू अनुमान छ।

यसले के कुरालाई संकेत गर्छ भने बाक्लो धातुको प्रचुरतामा सुन र प्लेटिनम ठूलो परिणाममा मिसिएको हुन्छ।
एक अनुमानमा पश्चिम बर्जिनियाको आकारको साइकीमा अहिलेको १ हजार ५ सय डलर मूल्यका आधारमा ५ हजारा क्वाड्रिलियन अर्थात् ५ लाख खर्ब डलर बराबरको सुन छ।

के मानवले साइकीमा भएको सुन पृथ्वीमा ल्याउन सक्छ त? साँच्चीकै यो सम्भव भयो भने विश्वमा सुनको मूल्य के हुन्छ, अनुमान गर्न सकिन्छ। तर सुनमा लगानी गर्नेहरू अहिलै चिन्तित हुनुपर्ने कारण छैन, किनभने यो अझै धेरै परको कुरा हो। यसका लािग लामो मार्ग तय गर्नुपर्नेछ।

पृथ्वीमा खगोलविद्ले सदृश्य र इन्फ्रारेड तरंगमा १६ साइकीको अध्ययन गरेका छन्। राडारको अध्ययनले साइकीको आकार केही हदसम्म आलुसँग मिल्छ। यसको त्रिआयामिक आकृतीको नाप १ सय ४४ माइल गुणा १ सय ७३ माइल गुणा १ सय १७ माइल छ।

साइकीलाई सूर्यको एक चक्कर पूरा गर्न करिब पाँच पृथ्वी वर्ष लाग्छ। तर आफैमा एक चक्कर घुम्न साइकी दिन पूरा गर्न मात्र ४ घण्टा लाग्छ।वैज्ञानिकहरू अर्बौं वर्षअगाडि कुनै शक्तिशाली टक्करका कारण साइकीले आफ्नो बाहिरी आवरण गुमाएको हुन सक्नेमा खोजी गरिरहेका छन्।

साइकी त्यही ग्रहको भित्री कोर हुन सक्ने उनीहरूको अनुमान छ। त्यसैले धातुको यो भित्री तहको जाँच गर्न पहिलो मिसन शुरू गर्नमा उनीहरू अत्यन्तै उत्सुक देखिएका छन्।

हामी सीधै पृथ्वीको भित्रीभाग कोरलाई देख्न र मापन गर्न सक्दैनौं। त्यसैले यो मिसनले वलयबीचको ठोक्काइ र त्योसँगै भएका विकास क्रमको इतिहासको झलक देखाउने अपेक्षा गरिएको छ। यसले चट्टानयुक्त ग्रहको निर्माण कसरी पूरा भयो भन्ने शृंखलालाई जोड्न सक्छ।

यो जटिल छुद्रग्रह अब साइकी अभियानको प्राथमिक लक्ष्य बनेको छ। सन् २०२२ को अगस्टमा एक अन्तरिक्ष यान यो अभियानमा प्रक्षेपण हुनेछ। साइकी अन्तरिक्ष यान सन् २०२३ को शुरूतिर मंगल ग्रहको गुरुत्वाकर्षण सहायतामा एक छुद्रग्रहमा पुग्नेछ।

यानमा रहेको विभिन्न वैज्ञानिक उपकरणको मद्दतबाट साइकीका विशेषता र नक्साको अध्ययन गरिनेछ। यसबाट साइकी कुनै ग्रहको भित्री भाग कोर मात्रै हो वा होइन भन्ने निर्धारण गर्ने प्रयास हुनेछ।

प्रतिक्रिया दिनुहोस्