मुसर्रफ उच्च अदालतमा



इस्लामावाद, (एजेन्सी)।

पाकिस्तानका पूर्वसैन्य शासक परवेज मुसर्रफले विशेष अदालतको फैसलाविरुद्ध एक अदालतामा याचिका दायर गरेका छन्। विशेष अदालतले गत हप्ता ७६ वर्षीय मुसर्रफलाई राष्ट्रद्रोहको आरोपमा दोषी ठहर्याउँदै मृत्युदण्ड सुनाएको थियो।

मुसर्रफका वकिल अजहर सिद्दिकीले शुक्रबार लाहौर उच्च अदालतले ८६ पृष्ठको याचिका दायर गरेको डन अखबारले जनाएको छ। फैसलामा कयौं विसंगति र विरोधाभाषी बयान भएको समाचारमा उल्लेख गरिएको छ।

विशेष अदालतले मुद्दाको सुनवाइमा हतार गरेको पनि याचिकामा उल्लेख गरिएको छ। यस याचिकामा जनवरी ९ मा सुनवाइ हुने बताइएको छ।

 

प्रतिक्रिया दिनुहोस्