छुरा आक्रमण



वासिङ्टन, (एजेन्सी)।

अमेरिकाको न्युयोर्क राज्यमा एक राब्बीको घरमा भएको छुरा काण्डमा कम्तीमा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ।

न्युयोर्क सिटीको मोन्सीस्थित सो घरमा एउटा धार्मिक कार्यक्रम भइरहेका बेला अचानक ती आक्रमणकारी त्यहाँ आइपुगेको अर्थोडक्स यहुदी सार्वजनिक मामिला परिषद् (ओजेपीएसी)ले जनाएको छ।

घटनास्थलबाट तत्काल भागेको ती आक्रमणकारीलाई पछि प्रहरीले गिरफ्तार गरेको थियो। हमलाको उद्देश्य थाहा हुन सकेको छैन। पीडितमध्ये एकलाई छपटकसम्म छुरा प्रहार गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्