बेनद्वारा आत्महत्या


ओस्लो,(एजेन्सी)।

नर्वेका नरेशका पूर्वज्वाइँं ४७ वर्षीय एरी बेनको निधन भएको उनका प्रवक्ताले बताएका छन्। थुप्रै चर्चित उपन्यास र नाटक लेखेका बेनले सन् २००२ मा युवराज्ञी मार्था लुइससंग विवाह गरेका थिए।

त्यसको दुई वर्षपछि यस दम्पतीको पारपाचुके भएको थियो। उनका प्रवक्ताले नर्वेको समाचार निकायलाई बेनले आत्महत्या गरेको बताएका छन्।

विज्ञप्ती जारी गर्दै नर्वेका राजारानीले भनेका छन्– ‘धेरै वर्षअघि बेन हाम्रो परिवारका एक महत्वपूर्ण हिस्सा रहेका थिए। अब हामीसँग उनको न्यानो सम्झना मात्र बाँकी रहेको छ।’