सेञ्चुरी बैंकले वित्तीय साक्षरता अभियान चलायो


काठमाडौं, (नेस)
सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा एक दिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ। बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो।

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ कर्जा, व्यापार विस्तार, बैंकिङ प्रणाली, लेखा तथा करसम्बन्धी जानकारी दिएको थियो। सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसंँग बैंकको पहुँंच बढाउन गाउँ गाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले शुरु गरिरहेको हो।

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत अन्य स्थानमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ।