मोटरसाईकल दुर्घटनामा एकको मृत्यु


बुद्ध नेपाली, सिन्धुली ।

निर्माणाधिन मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिका –१० लखिमा मोटरसाईकल दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ । अन्य दुई जना घाईते भएका छन् ।

मृत्यु हुनेमा दुधौली नगरपालिका –१० कै बर्ष ४६ का सडक बहादुर सुनुवार रहेका छन् । आईतवार राती ११ बजेको समयमा बा ५६ प ११०५ नम्बरको मोटरसाईक दुर्घटनामा गम्भिर घाईते भएका सुनुवारको विराटनगर स्थित न्यूरो अस्पतालमा उपचारका क्रममा सोमवार राती मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरिक्षक चक्र बहादुर सिँहले जानकारी दिनुभयो ।

दुर्घटनामा दुधौली नगरपालिका –१० कै बर्ष २२ का हेम बहादुर सुनुवार र दुधौली नगरपालिका –१४ का हेमन्त बहादुर सुनुवार घाईते भएका छन् । दुवैको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचार भईरहेको उहाँले जानकारी दिनुभयो । मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना भएको उहाँले जानकारी दिनुभयो ।