कँरातेमा अनुलाई रजत पदक


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तगर्त कँराते तर्फको ६१ केजी मुनि तौल समूहमा अनु गुरुङले रजत पदक जितेकी छन् ।

बंगलादेशकी हुमाइरा अख्तरसँग ५–२ अंकले पराजित हुँदै अनुले रजत हात पारेकी छन् । अनुले जयाकोदी डोनालाई ६–१ अंकले पराजित गर्दै फाइनलमा स्थान बनाएकी थिइन् ।