महिला फुटबलमा नेपाल विजयी


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एशियाली खेलकुद साग अन्तर्गत पोखरा रंगशालामा मंगलबार भएको महिला फुटबलमा नेपाल विजयी भएको छ ।

श्रीलंकाविरुद्ध १ गोल गर्दै नेपाल विजयी भएको हो । पहिलो हाफमा बराबरी खेलेको नेपालले दोस्रो हाफको अन्त्यतिर श्रीलंकालाई एक गोल हानेको हो ।

सरु गरेको गोल नै निर्णायक बन्यो । नेपालका तर्फबाट खेलको ८७ औं मिनेटमा सरु लिम्बुले नेपालको लागि गोल गरिन् ।

महिला फुटबल अन्तर्गत आज भारत र माल्दिभ्सबीच खेल हुनेछ ।

नेपालले बिहिबार माल्दिभ्ससँग खेल्नेछ ।