सन्तोषीलाई १० हजार मिटर दौडमा स्वर्ण, नेपालको स्वर्ण २० पुग्यो


 

न्युज अफ नेपाल, काठमाडौं ।

धाविका सन्तोषी श्रेष्ठले १३ औं दक्षिण एसियाली खेलकुद अन्तर्गत महिला १० हजार मिटर दौडमा स्वर्ण पदक जितेकी छिन् । सन्तोषीले ३५ मिनेट ७.९४ सेकेन्डमा निर्धारित दुरी पूरा गर्दै स्वर्ण हासिल गरेकी हुन् ।

सन्तोषीले भारतकी कविता यादवलाई पछि पार्दै पहिलो स्थान हात पारिन् । पहिलो ल्यापदेखि नै सन्तोषीले अग्रता बनाएकी थिइन् । सुरुवातदेखि नै सन्तोषीलाई पछ्याएकी कविताले अन्तिम १ सय मिटरमा अग्रता लिएपनि सन्तोषीले अन्तिम सेकेन्डमा पदक जित्न सफल भइन् । कविता सन्तोषीभन्दा १ मिलिसेकेन्डले पछि परेकी हुन् ।

त्यसअघि धावक टंक कार्कीले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष १५ सय मिटर दौडमा कास्य पदक जिते । मंगलबार दशरथ रंगशालामा भएको फाइनलमा टंकले निर्धारित दौड ३ मिनेट ५९.२० सेकेन्डमा पूरा गरे ।

भारतका अजयकुमार सरो ३ मिनेट ५४.८१ सेकेन्डमा दौड पूरा गर्दै प्रथम हुँदा भारतकै अजित कुमार ३ मिनेट ५७.१८ सेकेन्डको समयले दोस्रो भए । दौडका दौरान अधिकांश समय पाँचौ स्थानमा रहेका टंकले अन्तिम ल्यापमा भने उत्कृष्ट पुनरागमन गर्दै तेस्रो स्थान हासिल गरे । उनले अन्तिम १ सय मिटरमा श्रीलंकाका सजिवा लकमललाई पछि पारेका थिए ।

महिलातर्फ भने सरस्वती भट्टराई पाँचौ स्थानमा रहिन् । उनले दौडको १२ सय मिटरसम्म अग्रता बनाएपनि त्यसपछि अन्तिम ल्यापमा भने आफ्नो अग्रता जोगाउन सकिनन् । श्रीलंकाकी कुबुरालागेले स्वर्ण जित्दा भारतका चद्ना दोस्रो र चित्रा पलाकिज तेस्रो भए ।

त्यस्तै महिलाको १ सय मिटर दौडतर्फ सरस्वती चौधरीले अन्तिम चरणमा प्रतिस्पर्धा गरेपनि पदक जित्न सकिनन् । उनले हिट चरणमा १२.५७ सेकेन्डमा दुरी पुरा गर्दै शीर्ष ८ मा पर्न सफल भइन् ।

३ औं सागका स्वर्ण पदक विजेता

स्वर्ण पदक

१.कराते (एकल काता) – मण्डेकाजी श्रेष्ठ

२.कराते (टिम काता, पुरुष ) – मण्डेकाजी श्रेष्ठ, महसुस तामाङ, प्रविण मानन्धर

३.कराते (टिम काता ,महिला)– निर्मला तामाङ, संगिता मगर, सरु कार्की

४.कराते (५५ केजी) – लक्ष्मण तामाङ

५.कराते(८४ केजीमाथि)–विप्लवलाल श्रेष्ठ

६.कराते (४५ केजी मुनी)– कुसुम खड्का

७.कराते (५० केजी मूनि) अनु अधिकारी

८.कराते (६७ केजी) नवीन रसाइली

९.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – कमल श्रेष्ठ

१०.तेक्वान्दो पुम्से ( १७ –२३ वर्ष )– सिना मादेन लिम्बु

११.तेक्वान्दो पुम्से (२३ –२९ वर्ष ) – पार्वती गुरुङ

१२.तेक्वान्दो पुम्से (२९ वर्ष माथि ) – आयशा शाक्य

१३.तेक्वान्दो पुम्से (२९ वर्ष माथि )- आयशा शाक्य र सञ्जिकुमार पाण्डे

१४.पुम्से महिला टिम (१७–२३ वर्ष) – निशा दर्नाल, स्वस्तिका तामाङ र सन्जिला तिमल्सिना

१५.पुम्से महिला टिम (२३–२९ वर्ष) – निता गुरुङ, प्रशंसा क्षेत्री र शुसिला राई

१६.ट्रायथलन – सोनी गुरुङ

१७.डुवाथोलन – हिमाल टमाटा

१८. उसु (थाउलो) – विजय सिन्जाली

१९. उसु (थाउलो) – सुस्मिता तामाङ

२०.एथलेटिक्स (१० हजार मिटर)- सन्तोषी श्रेष्ठ

रजत पदक

१.कराते (एकल काता) – चन्चला दनुवार

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष)– कृष्णबहादुर तामाङ

३.कराते (८४ केजी मूनि)– दिवस श्रेष्ठ

४.कराते (६१ केजी )- अनु गुरुङ

५.डुवाथोलन – लक्ष्मण मल्ल

कास्य पदक

१.तेक्वान्दो पुम्से (२९ वर्ष माथि) –रेजिन रिमाल

२.तेक्वान्दो पुम्से (१७–२३ वर्ष) – अस्मिन राउत र सिना मादेन लिम्बु

३.तेक्वान्दो पुम्से (२३–२९ वर्ष ) – जितबहादुर बोट र पार्वती गुरुङ

४.पुरुष टिम पुम्से १७ –२३ वर्ष – शीशिर श्रेष्ठ, अष्मिन राउत, दीपेन्द्र गुरुङ

५.पुरुष टिम पुम्से (२३ वर्षमाथि ) – कमल श्रेष्ठ, जितबहादुर बोट र प्रेमबहादुर लिम्बु

६.ट्रायथलन – बसन्त थारु

७.कराते – राजीव पुडासैनी

८. एथलेटिक्स (१५०० मिटर) – टंक कार्की