रसुवामा सञ्चालित सुआहारा कार्यक्रमको प्रगति विवरण सार्वजनिक


सरस्वति न्यौपाने, रसुवा ।

जिल्लामा हजार दिनका आमा र बच्चाको पोषण सुधारका लागी विगत चार वर्ष देखी सञ्चालन भइरहेको सुआहारा कार्यक्रमले गत आर्थिक वर्ष २०७५/०७६ मा गरेको प्रगति विवरण सरोकार बाला बीच सोमबार सदरमुकाम धुञ्चेमा सार्वजनिक गरेको छ ।

वातावरण विकास समाज सिड्स रसुवाले आयोजना गरेको उक्त कार्यक्रम मा गएको वर्ष सञ्चालन भएका र वर्ष भरि सञ्चालन हुने कार्यक्रम प्रस्तुत गरेका हुन् ।

सिड्स रसुवाले जानकारी दिए अनुसार सञ्चालन भएका कार्यक्रम हरुको ९८ प्रतिशत काम भइसकेको छ ।  जिल्लाको पाच ओटा गाउँ पालिकामा सञ्चालन भइरहेको यस कार्यक्रम हजार दिनका घर धुरिहरुमा घर भेट गरि परामर्श दिने काम भइरहेको छ र चालु आर्थिक वर्षमा पनि पुरानै योजनालाई निरन्तरता दिइने बताइएको छ ।