बिद्युतको पहुँचमा नभएकालाई सोलार सहयोग


लिला सुनुवार,ओखलढुंगा ।

ओखलढुंगाको खिजीदेम्बा गाँउपालिकाले पालिकाको वडा नं.९ बम्दक पात्ले का १० घरपरिवारलाई सोलार बत्ति सहयोग गरेको छ ।

गाँउपालिका अध्याक्ष वेद बहादुर रोका,उपध्याक्ष शुसिला तामाङ लगाएतको उपस्थितीमा यहि मंसिर १६ गते सोलार बत्ति बितरण गरिएको हो ।

कुल तिन लाख बराबरको लागतमा प्रतिघरधुरी ५५ वाड क्षमताको सोलार एक एक थानका दरले १० थान सोलार बितरण गरिएकोे हो । खिजीदेम्बा गाँउपालिकालाई अध्यारो मुक्त गाँउपालिका बनाउने पालिकाको योजना रहेकोले पालिकामा बिद्युत आपुर्तिको बिभिन्न बिकल्पहरु खोजिने गाँउपालिका अध्याक्ष वेद बहादुर रोकाले बताउनु भया े ।

सोलार उपभोत्ता गर्मा शेर्पाले टुकि बत्तिको साहारामा रहनु पर्दा निक्कै कठिन हुने गरेको र गाँउपालिकाले सोलार बितरण गरे पछि आफु हरुको धेरै समस्याको समाधान हुने बताए ।