गुल्मीबाट कुलपुजाको लागि निसिखोला जाँदैं गरेको जीप दुर्घटना, १४ जनाको घटनास्थलमै मृत्यु


सिर्जना पन्त, बागलुङ ।
गुल्मीबाट कुलपुजाको लागि बागलुङ निसिखोलाको बायोखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटना हुँदा १४ जना घटनास्थलमै मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी प्रमुख नवराज भट्टका अनुसार बडिगाड गाउँपालिका–६ कोप्चे भन्ने स्थानमा जीप दुर्घटना भएको हो । जीप मध्यपहाडी लोकमार्गबाट बडिगाड खोलामा खसेको छ ।

दुर्घटनामा गुल्मीको इस्माबाट कुलपुजाको लागि निसिखोलाको जाँदै गरेका गुल्मीका ९ महिला, ४ पुरुष र एक बालकको घटनास्थलमै मृत्यु भएको हो । मृत्यु हुनेहरु सबै कार्की रहेको प्रमुख नवराज भट्टले जानकारी दिनुभयो ।

अन्य तीन जनालाई उद्धार गरी उपचारको लागि बुर्तिवाङ बठाईएको छ ।

उद्धार कार्य जारी रहेको छ ।