बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु


न्युज अफ नेपाल बाग्लुङ ।
बागलुङको भीमगिठेमा जीप दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ ।

कूल पूजाको लागि कार्की परिवारले रिजर्भ गरेको जीप बडीगाड गाउँपालिका–७ भीमगिठेस्थित सडकबाट खोलामा खस्दा ९ महिला, ४ पुरूष र एक बच्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङ जनाएको छ ।