बालिका जबरजस्ती करणी अभियोगमा नेकपाका नेता पक्राउ


रामेछाप, (नेस),
१३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा उमाकुण्ड गाउँपालिका वडा नम्बर–३ कुभुकास्थलीका संगीत सुनुवार पक्राउ परेका छन्।

नेकपाका स्थानीय नेतासमेत रहेका सुनुवारले गाउँकै १३ वर्षीया बालिकालाई मंसिर २ गते जबरजस्ती करणी गरेको उजुरीका आधारमा सुनुवारलाई आइतबार साँझ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक रविभूषण यादवले जानकारी दिनुभयो।

प्रहरी निरीक्षक यादवका अनुसार सुनुवारले जबरजस्ती करणी गरेको कुरा कसैलाई पनि नभन्नु भनेका कारण बालिकाले उक्त घटनाको बारेमा कसैलाई पनि भनेकी थिइनन्। तर त्यसपछि पनि सुनुवारले पटक–पटक जबरजस्ती करणीको प्रयास गर्न खोजेपछि बालिकाले आमालाई उक्त घटनाको बारेमा भनेकी थिइन्।

घटनाको बारेमा थप अनुसन्धानका लागि रामेछाप जिल्ला अदालतबाट सोमबार सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक यादवले बताउनुभयो।