‘इमानदार प्रयत्न भए सीमा विवाद सदाका लागि अन्त्य हुन्छ’ 


नेपाल समाचारपत्र, काठमाडौं ।

स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद सदाका लागि अन्त्य गर्न परिपक्व कूटनीतिक पहल आवश्यक भएको औल्याएको छ। सीमा विवादबारे सीमाविद्सँग पटकपटक छलफल गरिरहेको संघले जिम्मेवार निकाय र सरोकारवालाले इमानदार प्रयत्न गरे छिमेकी मुलुकसँग बल्झँदै गएको सीमा विवादको समाधानको बाटो पहिल्याउन सकिने पनि जनाएको छ।

भारतीय दूतावाससँग नजिक रहेर कार्य गर्दै आएको स्वतन्त्र युवा प्रजातान्त्रिक संघका अध्यक्ष अरविन्द महतोले भारतसँग भन्दा चीनसँग सीमा विवाद बढी भएको बताउनुभएको छ। राजनीतिज्ञहरूको दोहोरो चरित्रका कारण नेपाल–भारतबीचको सम्बन्ध बिग्रिएको कुरा बढी आउने गरेको औल्याउँदै उहाँले चीनसँग भएको सीमा विवादको बारेमा पनि छलफल गर्नुपर्ने बताउनुभएको छ।

‘संसारमा सबै राष्ट्रको छिमेकीसँग सीमाना विवाद हुन्छ, यस्तो विवादलाई त्यहाँको समाज, सरकार, बुद्धिजीवी सबै पक्षले इमान्दारीपूर्वक अघि बढे समस्या रहँदैन,’ अध्यक्ष महतो भन्नुहुन्छ– ‘सीमा विवाद समाधानको लागि हामीहरूले इमान्दार प्रयत्न गरिरहेका छौं।’ साच्चै हेर्ने हो भने नेपालको भारतभन्दा चीनसँग सीमा विवाद बढी होला तर चीनसँगको सीमा विवादबारे त्यति चर्चा नहुने भारतसँगको मात्र बढी चर्चा हुने भएकाले हाम्रा राजनितिज्ञहरूमा इमान्दारीताको कमी भएको महसुस भएको उहाँको भनाइ थियो।

छिमेकी मुलुकसँगको सीमा विवादबारे आफ्नै संस्थाले विषेषज्ञहरूलाई सामेल गरेर अध्ययन गरिरहेको र छिट्टै प्रतिवेदन सार्वजनिक गर्ने भन्दै अध्यक्ष महतो भन्नुहुन्छ– ‘राजनीतिज्ञ र समाजमा स्थापित बुद्धिजीवीले भारतसँगको सीमाना विवादलाई ठूलो मुद्दा बनाइदिएका हुन।
नेपालको भारत र चीनसँगको सीमा विवादबारे स्वतन्त्र युवा प्रजातान्त्रिक संघ नेपालले विस्तृत अध्ययन गर्ने