एचआइभी रोकथाममा विद्यर्थी सक्रिय


न्युज अफ नेपाल, काठमाडौं ।

हामी सबैको काम, एचआइभीको रोकथाम भन्ने नाराका साथ डिसेम्बर एक मा नेपाल लगायत विश्वभर एड्स दिवस मनाइएको छ । एचआइभी संक्रमण नियन्त्रणको क्षेत्रमा काम गर्दै आएको केन्द्र र अन्य सरोकारवाला निकायले दिवसका अवसरमा विभिन्न जनचेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।

काठमाडौं वसुन्धरास्थित ओरियन्ट कलेजमा सामाजिक कार्यमा स्नातक गर्दै गरेका विद्यार्थीले पनि यस दिवशलाई विभिन्न कार्यक्रम गर्दै मनाएका छन् । काठमाडौंको बसपार्कमा ओरियन्ट कलेज क्लब र शान्ति फाउन्डेसन नेपालको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रममा एचआईभी एड्सका बारेमा जानकारी दिइएको थियो ।

एचआइभी एड्ससम्बन्धी जनचेतना फैलाउने, यसको रोकथाम तथा उपचारको बारेमा देशैभरि जानकारी दिने, बहस गर्ने र वकालत गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको थियो । यसका साथै कार्यक्रममा सडक र्याली नृत्य प्रदर्शन र सडक नाटकसमेत प्रदर्शन गरिएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै अरियन्ट कलेजकी कार्यक्रम संयोजक साधना थापाले शैक्षिक संस्थाको दायित्व विध्यार्थीलाई मात्र शिक्षा दिनु नभइ सम्पुर्ण समुदायलाई नै शिक्षित बनाउने पनि एक महत्वपुर्ण दायित्व भएको महसुस गर्दै यस कलेजले विभिन्न समसामहिक विषयहरुमा जनचेतनामुलक कार्यक्रमहरु संचालन गर्ने गरेको बताउनुभयो ।

करिब ३ सय जनाको सहभागिता रहेको उक्त कार्यक्रममा स्थानीय प्रहरीहरु, ओरियन्ट कलेजका विद्यर्थीहरु, शान्ती फाउन्डेसनका कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रमका केही झलकहरु