रामेछापमा ६५ प्रतिशत मत खस्यो, मतदान जारी


रामचन्द्र बिक, रामेछाप ।

रामेछापको उमाकुण्ड गाउँपालिका वडा नं –५ प्रितिमा वडा अध्यक्ष पदको लागि भएको उपनिर्वाचनमा मतदान जारी रहेको छ।
बिहान सात बजेबाट सुरु भएको मतदानमा ३ बजे सम्म ६५ प्रतिशत मत खसेको छ । वडा नम्बर ५ मा १ हजार ७ सय ४८ मतदाता रहेका छन्। यस अघि भएको स्थानीय तहको निर्वाचनमा तत्कालिन नेकपा एमालेबाट कुवेर खत्री वडा अध्यक्षमा निर्वा्चित हुनुभएको थियो ।

तर डेढ बर्ष अघि खत्रीको निधन भएपछि शनिबार उक्त वडामा निर्वाचन भएको हो।

उपनिर्वाचनमा नेकपाबाट कुलबहादुर बस्नेत, कांग्रेसबाट सावित्री सुनुवार, समाजबादी पार्टीबाट राजकुमार सुनुवार र राप्रपा संयुक्तबाट हर्क बहादुर तामाङ उम्मेदवार रहेका छन् ।