दशरथ रंगशालाको पुनर्निर्माण आज राति सकिने


न्युज अफ नेपाल, काठमाडौं ।

काठमाडौंको दशरथ रंगशालाको पुनर्निर्माण बिहीबार राति सकिने भएको छ ।

भूकम्पपछि क्षतिग्रस्त रंगशाला पुनर्निर्माणको सम्पूर्ण काम बिहीबार रातिसम्म सकिने राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश सिलवालले जानकारी दिए ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता सुरु हुनु तीन दिनअघि रंगशालाको पुनर्निर्माण सकिन लागेको हो । रंगशालाको फुटबल मैदान तयार भई नेपाली खेलाडीले प्रशिक्षण नै सुरु गरिसके पनि भीआईपी प्यारापिट निर्माणलगायतका केही कामहरु बाँकी थिए ।