बैतडीमा नेपाली कांग्रेसका उमेदवारमाथि हातपात


न्युज अफ नेपाल, बैतडी ।

बैतडीमा नेपाली कांग्रेसका उमेदवारमाथि हातपात भएको छ । जिल्लाको दोगडाकेदार गाउँपालिका– ४ मा नेपाली कांग्रेसबाट वडा अध्यक्षका उम्मेदवार सुरेन्द्रप्रसाद भट्टमाथि हातपात भएको हो । बुधबार राति १०:३० बजे नेकपाका कार्यकर्ताहरुले आफूमाथि हातपात गरेको र आफूले भागेर ज्यान जोगाउन सफल भएको नेपाली कांग्रेसका उमेदवार भट्टले जानकारी दिनुभयो ।

दोगडाकेदार गाउँपालिका–४ को मटेला भन्ने ठाउँमा आफूमाथि हातपात भएको उहाँले बताउनुभयो । आफ्नो कार्यकार्तालाई नेकपाका कार्यकर्ताहरुले नियन्त्रणमा लिएर आफूलाई फोन गर्न लगाएको र उनीहरुलाई छुटाउन जाँदा आफूमाथि नै हातपात भएको उम्मेदवार भट्टले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसका उम्मेदवार भट्टमाथि हातपात भएको मौखिक जानकारी मात्र आएको प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बताउनुभयो ।