अन्तिममा आएर सागमा भारत नखेल्ने कारण के हो ?


न्युज अफ नेपाल, काठमाडौं ।

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिताको पुरुष फुटबलमा भारत पनि सहभागी नहुने भएको छ । बिहीबार सार्वजनिक खेलतालिका अनुसार सागमा भारतले अन्तिम अवस्थामा आएर सहभागी नहुने बताएको हो ।

यसअघि प्रकाशित खेलतालिकामा भारतलाई समेत समेटिएको थियो । तर अन्तिम समयमा आएर सहभागी नहुने जानकारी गराएपछि ५ देशमात्र खेल्ने गरी खेलतालिका सार्वजनिक गरिएको छ । पाकिस्तानले यसअघि नै सहभागी नहुने बताइसकेको छ ।

अब पुरुष फुटबलमा नेपाल, बंगलादेश, माल्दिभ्स, श्रीलंका र भुटानमात्र सहभागी हुनेछ ।

भारत सहभागी नहुने भएपछि पुरुष फुटबल पनि राउन्ड रोविन लिग हुने भएको छ । डिसेम्बर २ बाट सुरु हुने पुरुष फुटबलमा नेपालले पहिलो खेल डिसेम्बर ३ मा भुटानसँग खेल्नेछ ।