अर्घाखाँची बस दुर्घटना अपडेटः १० जनाको सनाखत


यमलाल भुसाल, बुटवल ।

अर्घाखाँचीमा बुधवार भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ ।

बस दुर्घटनामा परि मृत्यु भएका मध्ये सनाखत हुनेहरुको नामावली यस प्रकार रहेको छ ।

१ बसधनी सितगंगा नगरपालिका–२ का सन्तबहादुर बस्नेत

२ बसका चालक कपिलवस्तुका बसन्त भनिने ओमबहादुर थापा

३ सन्धिखर्क–७ का शिवलाल भट्टराई,

४ बलराम भट्टराई,

५ माया पुरी

६ मोनिका खड्का

७ भूमिकास्थान–९ का शैलेश थापा

८ सन्धिखर्क १० का छविलाल गैरे

९ गुल्मी धुरकोट २ का सशस्त्र प्रहरी जवान राजकुमार महत

१० कपिलवस्तु चपर गाउँकी सीता बस्नेत को परिचय खुलेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
दुर्घटनामा परि १८ जना घाईते भएकामा १ जना सामान्य १ जना उपचारपछि घर फिता १ जना काठमाण्डौ रिफर १५ जनाको बुटवल र भैरहवामा उपचार भैरहेको प्रहरीले जनाएको छ ।